नियम ३७
सुरक्षा तथा स्वास्थ्य समितिको गठन
: (१) ऐनको दफा ७४ को उपदफा (१) बमोजिम बीस जना वा सोभन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानमा रोजगारदाताले देहाय बमोजिमका संयोजक तथा सदस्य रहेको एक सुरक्षा तथा स्वास्थ्य समिति गठन गर्नु पर्नेछः-
(क) रोजगारदाता वा निजले तोकेको प्रतिष्ठानको व्यवस्थापकीय
तहको श्रमिक –संयोजक,
(ख) प्रतिष्ठानमा रहेको आधिकारिक ट्रेड युनियनको तर्फबाट
एक जना महिला सहित बढीमा तीनजना –सदस्य,
(ग) प्रतिष्ठानले तोकेको स्वास्थ्यकर्मी सहित व्यवस्थापकले
तोकेको तीनजना –सदस्य,
(घ) प्रतिष्ठानको सुरक्षा हेर्ने जिम्मेवारी पाएको श्रमिकमध्ये बरिष्ठ श्रमिक –सदस्य।
(२) उपनियम (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदाताले तीनसय जनाभन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानमा सुरक्षा तथा स्वास्थ्य समिति गठन गर्दा तीनजना श्रमिक थप गर्न सक्नेछ।
(३) उपनियम (१) को खण्ड (ख) बमोजिमका सदस्य मनोनयन गर्ने जिम्मेवारी आधिकारिक ट्रेड युनियनको हुनेछ। आधिकारिक ट्रेड युनियनको निर्वाचन नभएको अवस्थामा प्रतिष्ठानमा कायम रहेका ट्रेड युनियन वा श्रमिकहरुले आपसी सहमतिमा छनौट गरी सदस्य मनोनयन गर्न सक्नेछन्।
(४) उपनियम (१) बमोजिमको समितिको बैठक वर्षमा कम्तीमा चार पटक बस्नेछ।
(५) समितिको बैठक संयोजकले बोलाएको मिति, समय, स्थानमा बस्नेछ।
(६) समितिले बैठकमा प्रतिष्ठानको कुनै पदाधिकारी, सुरक्षा तथा स्वास्थ्य सम्बन्धी जानकार कुनै विज्ञलार्इ आमन्त्रण गर्न सक्नेछ।
(७) समितिको बैठकको कार्यविधि र निर्णय प्रक्रिया समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।